![](https://www.damaulionline.com/wp-content/uploads/2023/04/20230417_104734-scaled.jpg)
दमौली : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गर्नु भएको छ ।
भानु नगरपालिका–२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. कोइरालाले नेता तथा कार्यकतालाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुनु आग्रह गरे ।
डा. कोईरालाले गुटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा तनहुँको विराशतलाई कायम राख्नु पर्ने बताउनुभयो । पार्टीभित्र असन्तुष्टि रहे पनि पार्टीलाई एकतावद्ध भएर कांग्रेस अघि बढिरहेको उहाँको भनाई थियो ।
तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकताले बिर्सिएर निर्वाचनमा एकढिक्का हुनुपर्ने विचार व्यक्त गरे ।
गोविन्द भट्टराई राजनीतिमा समर्पित त्यागी, इमानदार अवसर नपाएको नेता भएको र तनहुँको विकास ठुलो योगदान दिएको नेता भएकोले पार्टीले टिकट दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?