मिर्गौला पिडित मेगीसारालाई उपचारका लागि दुई लाख १२ हजार ८० रूपैया सहयोग

तनहुँ : तनहुँको व्यास नगरपालिका वडा नं १४ केशवटार निबासी  मिर्गौला पिडित मेगीसारा थापालाई  उपचारको लागि आज थप   ७४ हजार ४ सय ५० रूपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ  ।

उक्त सहयोग रकम दमौली केशबटार समाज समितिका संयोजक युवाराज आलेले मिर्गौला पिडितका परिवारलाई हस्तान्तरण गरेका हुन्  । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै  मिर्गौला पिडितका श्रीमान खेम बहादुर थापाले श्रीमतीको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने तर घरको आर्थिक अवस्था नाजुक रहेको र प्रत्यारोपणका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले सहयोग गरिदिनु हुन सबैसंग अपिल गरेका थिए  र साथै सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिए ।

मिर्गौला पिडित मेगीसारा थापाको उपचार चितवनको पुरानो मेडिकल कलेजमा डायलासिस भईरहेको  छ  ।

व्यास नगरपालिका वडा नं १४ केशवटारका युवाहरु  विभिन्न सामाजिक काममा निकै अगाडी र चासोका साथ काम गर्दै समाजमा दुख: पिडामा र  घरको आर्थिक अवस्था नाजुक भएका दीर्घ रोगिहरुलाई सहयोग जुटाउदै अईरहेको संयोजक आलेले जानकारी दिए ।

यस अघि मिर्गौला पिडित थापालाई उपचारको लागि पहिलो चरणमा एक लाख ३७ हजार ६ सय ३८ हस्तान्तरण गरिएको थियो ।

दमौली केशबटार समाजको पहलमा यस अघि पनि  सन्तोष रानालाई  उपचारको लागि ३१ लाख भन्दा बढी रकम संकलन गरि हस्तान्तरण गरिएको समाजका सदस्य धन बहादुर थापा (बिनोद )ले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?