पुर्वमन्त्री किसानले भने : तनहुँले नेताहरु आयात गर्दैन, हामी निर्यात गर्छौं

दमाैली : नेकपा एकीकृत समाजवादीका नेता ,सांसद एवं पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले तनहुँले नेताहरु आयात नभएर निर्यात गर्ने जिल्ला भएको बताएका छन् ।

नेपाली कांग्रेस व्यासनगर कमिटिद्वारा मङ्गलबार दमाैलीमा आयाेजित सत्तारुढ गठबन्धनकाे काेणसभालाई सम्बाेधन गर्दै श्रेष्ठले तनहुँका नेताहरुले काठमाडौं र बारा गएर निर्वाचित हुन सक्ने बताउदै उनले यो जिल्ला नेताहरुको आयात नभएर निर्यात गर्ने जिल्ला भएको दाबी गरे ।

‘ काठमाडौं -५ गएर तनहुँको केटाले जिते, बारामा गएर पनि विजय गरेको हुन् ‘उनले भने’ त्यस्तै तनहुँमा अरु नेताहरु आउनु परेको छैन ”

क्षेत्र नम्बर १ का उम्मेदवार गाेविन्द भट्टराईलाई दश हजार मतान्तरले विजयी गराउने घाेषणा गरेका छन् । उनले भने ‘काङ्ग्रेसका साथीहरु चिन्ता नलिनुस्, भट्टराईलाई दश हजार बढी मतान्तरले जिताउँछाै,।

तनहुँमा बाहिरका मान्छे आएर चुनाव लड्न डराउनपर्ने अवस्थाको सिर्जना गर्ने श्रेष्ठले बताए । उनले गाेविन्द भट्टराईलाई दाई भाउजुको डरले पार्टी जोड्ने व्यक्ति नभएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?