देव गुरुङ भन्छन् : राष्ट्रिय सहमतिको विकल्प छैन

दमौली : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमतिको रहेको बताएका छन्।

नेपाली कांग्रेस व्यासनगर कमिटिद्वारा मङ्गलबार दमाैलीमा आयाेजित सत्तारुढ गठबन्धनकाे काेणसभालाई सम्बाेधन गर्दै गुरुङले उनले यस्ताे बताएका हुन्।

राष्ट्रिय सहमतिको विकल्प नभएको महासचिव गुरुङकाे भनाइ छ। राष्ट्रियता र संविधानमाथि जोखिम बढ्न सक्ने अवस्था भएकाले राष्ट्रिय सहमतीमा जोड दिनुपर्ने उनले बताए।

‘सहमति जुटाउनुको विकल्प छैन। संविधानको पनि रक्षा गर्नुपर्छ। आर्थिक सम्बृद्धिको यात्रा सुरु गर्नुपर्छ। र मुलुकको स्वाधिनताको पनि रक्षा गर्नुपर्छ। यी मूलभूत कार्यभार पूरा गर्नका लागि यतिखेर सहमति र सहकार्यका आवश्यकता छ भनेर त्यो यात्रामा अगाडि बढिरहेको छ’, महासचिव गुरुङले भने।

उनले तनहुँको विकासको लागि गाेविन्द भट्टराईलाई जिताउने पर्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?