तनहुँ :तनहुँ– १ को उपनिर्वाचनको लागि पाँच दलीय गठबन्धनमा शिर्ष नेताहरु आज तनहुँको चुनावी सभामा सहभागी हुदैछन्। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहेको उक्त क्षेत्रमा आज बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस तनहुँका प्रवक्ता हरि वाग्लेले जानकारी दिए ।
यसैगरी पाँच दलिय गठबन्धनले वैशाख ७ गते आँबुखैरेनी बजारमा सभा गर्ने कार्यक्रम तय भएको प्रवक्ता वाग्लेले जानकारी दिए । यस अघि गठबन्धनले हिजो मङ्गबार तनहुँको सदरमुकाम दमौलीमा सभा गरेको थियो । सो सभामा कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेकपा एसका नेता कृष्णकुमार श्रेष्ठ किसान लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?