प्रधानमन्त्री प्रचण्डले भने : भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नेछु

दमौली : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न आफूले निर्णय लिएको बताएका छन् ।

तनहुँ बन्दीपुरमा -१ डुम्रे बजारमा आयोजित गठबन्धनको उपचुनावसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने बताएका हुन ।

प्रधानमन्त्रीले भने, ‘हामीले हिजोमात्रै क्याबिनेटबाट निर्णय गरेका छौं । यो सामान्य निर्णय होइन, कुरा गहिरो छ बुझ्नु होला । ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने हामीले देखेका छौं । यो सरकारले सुशासनमा गम्भीर कदम चालेको छ ।’

सरकारले लामिछानेले गरेको ठेक्का सम्झौता रद्दा गर्दै छानबिन समिति गठन गरेको छ ।

अख्तियारले पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सो सम्झौताको छानविन थालेको सन्दर्भमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?