सभापति देउवाले भने: तनहुँ राष्ट्रपतिको भूमि भइसक्यो, अब भट्टराईलाई मन्त्री बनाउने हो

दमौली : नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पनि पृथ्वीनारायण शाहको जत्तिकै भएको बताएका छन् ।

बुधबार तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै उनले देश निर्माणमा तनहुँको योगदान उच्च रहेको बताए । तनहुँ आदिकवि आचार्यको जन्मभूमि हो । देउवाले तनहुँ अब राष्ट्रपतिको भूमि पनि भएको बताए ।

“देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन,” देउवाले भने, “तनहुँले अब राष्ट्रपति पनि पाइसकेको छ । यो राष्ट्रपतिको समेत भूमि हो ।” उनले जिताएर पठाए गोविन्द भट्टराईलाई जिते मन्त्री बनाउने पनि बताए ।

देउवाले तनहुँमा प्राविधिक विश्वविद्यालय र अस्पताल बनाउने जिम्मा आफ्नो भएको पनि बताए । “गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ । उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ, हुनुहोला पनि,” उनले भने ।

भट्टराई तनुहँ–१ बाट गठबन्धनका साझा उमेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?