आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध रास्वपाको उजुरी

दमौली : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मुख्य निर्वाचन कार्यलयमा उजुरी दिएको छ ।

उपनिर्वाचनको सन्दर्भमा बहालवाला प्रधानमन्त्रीले तनहुँ निर्वाचन क्षेत्र -१ को चुनावीसभामा आउन सेनाको हेलिकप्टर प्रयोग गरेको भन्दै उजुरी दिएकाे हाे ।

बुधवार बहालवाला प्रधानमन्त्री दाहालले तनहुँ निर्वाचन क्षेत्र -१ मा सेनाको हेलिकप्टर प्रयोग गरी मतदातालाई प्रभावमा पार्ने उद्देश्यले जिताएर पठाउनुस मन्त्री पक्का भन्ने शब्दहरु प्रयोग गरेको प्रति ध्यान आकर्षण भएको जनाएको छ ।

आचारसंहिता उल्लंघनको निर्णय गर्नेलाई कार्यवाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी गरेकाे रास्वपा जिल्ला उपसंयोजक सुर्यमणि पौडेलले बताएकाे छ ।

बुधवार चुनावी सभालाई सम्बोधन गर्न  माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सेनाको हेलिकप्टर प्रयोग गरेर आएका थिए ।

प्रधानमन्त्री दाहालको उक्त कार्य निर्वाचन संम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन आचारसंहिता २०७९ को दफा ३ बिपरीत भएकोले निर्वाचन कसुर तथा साजय ऐन २०७३ तथा निर्वाचन कसुर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही गरी पाउँ भनि निवेदन पेश गरिएको सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?