
दमौली : तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले लगातार अग्रता कायम राखेका छन् ।
३६,४२१ मत गणना हुँदा उनले ५० प्रतिशतभन्दा धेरै मत ल्याएर अग्रता बनाइरहेका छन् ।
उनले १८,४६१ मत पाएका छन् । उनलाई कांग्रेसका गोविन्दराज भट्टराई १०,८१४ मतका साथ पछ्याइरहेका छन् ।
स्वर्णिम र गोविन्दबीच मतान्तर ७,६४७ छ ।
एमालेका सर्वेन्द्र खनाल ६,०६८ मतका साथ तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?