
दमौली : तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले जित सुनिश्चित भएको छ ।
त वडा मात्र गन्न बाँकी रहँदा वाग्लेले ११ हजार बढीको अग्रता बनाएका छन् ।
३५ वडाको ५१ हजार २१९ मत गणना हुँदा वाग्लेले २६ हजार ८२७ मत पाएका छन् । उनी कांग्रेसका गोविन्द भट्टराईभन्दा ११ हजार ३७३ मतले अघि छन् ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले १५ हजार ४५४ मत पाउँदा एमाले उमेदवार सर्वेन्द्र खनालले ७ हजार २८९ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?