दमौली : तनहुँ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताएका छन् ।
चितवनको इच्छाकामनामा आयोजित धन्यवाद सभामा वाग्लेले विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको बताए ।
“चुनावी अभियानका क्रममा हामीले विपक्षी दललाई कुनै कटाक्ष गरेनौँ, गालीगलौज गरेनौँ । तर, तपाईंहरूले सुन्नुभयो विपक्षी साथीहरूले कस्तो कस्तो सम्भावना भएका नेताहरू कुन स्तरमा ओर्लेर गालीगलौजमा उत्रिए । राम्रो भनिउका उमेदवारले पनि मौन समर्थन गरे । …मलाई दु:ख छ, मलाई खेद छ,” उनले भने ।
उनले कांग्रेस महामन्त्री गगन थापातर्फ संकेत गर्दै सम्भावना बोकेका भनिएका नेताहरू नै गालीगलौजतमा उत्रिएको बताए ।
चुनावी प्रचार अभियनका क्रममा गगन थापाले तनहुँ पुगेर वाग्लेको आलोचना गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?