
दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लले मतदाताको स्नेह र भरोसालाई डगमगाउन नदिने प्रतिबद्धता जनाएका छन् ।
वैशाख १० गते भएको तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन जितेका वाग्लेले आजको प्रतिनिधिसभाको बैठकमा पहिलोपटक बोल्दै मतदातालाई धन्यवाद दिए ।
शुक्रबार मात्रै पद तथा गोपनीयताको शपथ लिएका सांसद वाग्लेले भने,“उहाँहरूको स्नेह, विश्वास र भरोसालाई डगगाउन दिने छैन ।”
उनले तनहुँ हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्गको विस्तारले सर्वसधारणको दैनिकीमा असर गरेको बताए । सडक विस्तार आवश्यक भएको भन्दै घाँसी कुवा लगायताका संरचनाको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?