रोहित चम्किँदा नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

दमौली : एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ। वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको छ।

नेपालका तर्फबाट कप्तान रोहित पौडेलले ९५ बलको सामना गर्दै सर्वाधिक ९४ रन बनाए। यस्तै कुशल मल्लले ४४ बल खेल्दै ५७ रनको योगदान दिए भने ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३९ बल खेल्दै ४३ रन बनाए।

यसैगरी कुशल भुर्तेलले ४३ र आसिफ सेखले १९ रन बनाए। आसिफ सेखले २८ बलमा ३१ रन बनाएर मैदान छाडे भने भीम सार्कीले १ रन मात्र बनाउन सके। सोमपाल कामी १३ रनमा नटआउट रहे‍।

टस हारेको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?