दमौली : तनहुँको व्यास नगरपालिका वडा नम्बर १० अँधेरीभञ्ज्याङ्ग स्थित जनता आधारभूत विद्यालयमा आज गरिएको निशुल्क दन्त शिविरमा ७० जना लाभान्वित भएका छन् ।
ढोरबाराही डेन्टल केयर सेन्टरको प्राविधिक सहयोग गरिएको शिविरबाट सो संख्यामा लाभान्वित भएको विद्यालयका प्रधानाध्यक बुद्धिबहादुर बरालीले जानकारी दिए । सो विद्यालयको छात्रछात्राको ढोरवाराही डेन्टल केयर सेन्टरका सञ्चालक दन्त स्वास्थ्यकर्मी भरत पोख्रेलको नेतृत्वमा दाँतको उपचार गरिएको थियो ।विद्यालयमै उपचार पाउँदा विद्यार्थी तथा अभिभावकमा खुसी छाएको प्रधानाध्यापक बारालीले बताए ।
शिविरको वडाध्यक्ष खेमराज पोख्रेलले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा पोख्रेलले बेलैमा उपचार गर्दा बालिकाको दाँत बलियो बनाउन मद्धत पुग्ने बताए । सो अवसरमा वडा सदस्यहरु इश्वर पौडेल, यज्ञ शर्मा, खिरमाया विक, वासना कुँवर लगायतले यस्तो कार्यक्रमलाई अन्य विद्यालयमा सञ्चालन गरी व्यापकता दिनु उपयुक्त हुने कुरामा जोड दिए ।
सो अवसर जनता आधारभूत विद्यालय शैक्षिक तथा भौतिक सुधारको निम्ति पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो ।
समता विद्यालयले आफ्नो क्षेत्रधिकार भन्दा बाहिर विद्यार्थी भर्ना गर्दा जनता आधारभूत विद्यालयको पठन पाठन प्रभावित भएकोले त्यसको समाधानको लागि नगर प्रमुख वैकुष्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरैलाई भेट गर्ने निर्णय भएको प्रधानाध्यापक बरालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?