शुक्ला माविमा पतञ्जली योग विज्ञान शिविर शुरु

दमौली : तनहुँको ऋषिङ गाउँपालिका-१ बेल्टारस्थित शुक्ला माविमा सोमवारबाट एक हप्ते पतञ्जली योग विज्ञान निशुल्क शिविर सुरु भएको छ । पतञ्जली योग समिति तनहुँको सहयोगमा विद्यालयमै योग शिविर शुरु भएको हो ।

शिविरको ऋषिङ गाउँपालिका-१ का वडाध्यक्ष कुश बहादुर थापाले उद्घाटन गर्दै  मानव जीवनका लागि योग साधना अपरिहार्य भएको चर्चा गर्दै दैनिक रुपमा योग अभ्यास गर्नुपर्नेमा जोड दिए।

विद्यालयका प्रधानध्यापक केशबहादुर थापा मगरले पछिल्लो समयमा नयाँ पिढीमा विभिन्न रोगहरुको संक्रमण बढ्न थालेको भन्दै योगको माध्यमबाट रोग कम गर्न योग शिविरबाट सिकेको सिपलाई देनिक प्रयोग गर्न सके सम्पूर्ण खाले रोगको संक्रमणबाट बच्न महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।

ऋषिङ- १ का वडासदस्य पूर्णबहादुर थापा, पतञ्जली योग समिति तनहुँका अध्यक्ष मानबहादुर आले, संगठन मन्त्री अर्जुन श्रेष्ठ, विद्यालय प्रभारी कुमार मल्ल, महाविद्यालय प्रभारी शंकरराज नहर्की, सुचना प्रभारी सावित्री श्रेष्ठ, चिकित्सा प्रभारी मोतिलाल श्रेष्ठ, विद्यालयका विद्यार्थी तथा अभिभावक, समितिका पदाधिकारीरु र शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?