१० महिनामा व्यास नगरपालिकाले ४९.०५ % मात्रै राजस्व संकलन

व्यास नगरपालिका

दमौली : आर्थिक बर्ष २०७९/८० मा २२ करोड ६०  रुपौंया आन्तरीक राजस्व संकलन गर्ने लक्ष्य राखेको व्यास नगरपालिकाले १० महिना सम्मको समयावधिमा ४९.०५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।

बैशाख २० गते सम्मको तथ्यांक हेर्दा ४९.०५  प्रतिशत अर्थात ११ करोड ८ लाख ५८ हजार ८ सय ६१ रुपौंया मात्रै राजस्व संकलन गरेको छ ।नगरपालिकाको कार्यप्रति आम सर्वसाधारण नागरिकले राजस्व उठाउने विषयमा नगरपालिकाले लापरबाही गरेको आरोप लगाएका छन् ।

नगरपालिकाकाले नदिजन्य पदार्थ उत्खनन्, सम्पत्ति कर, स्थानीय उत्पादन शुल्क र निजि जग्गा उत्खननमा कम राजस्व संकलन भएको छ ।यस बर्ष आन्तरीक राजस्व संकलनमा निर्धारीत लक्ष्य पुरा गर्न नगरपालिका असफल देखिन्छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १५ करोड चार लाख १७ हजार ७१० आन्तरिक आम्दानी  थियो । व्यास नगरपालिका जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने पालिका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?