दमौलीमा नेकपा एसको प्रदर्शन- शरणार्थी प्रकरणका सबै दोषीलाई कारबाही होस्

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई अपराधीलाई कडा कारबाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले दमौलीमा प्रदर्शन गरेको छ ।

बुधवार एकीकृत समाजवादीघटकका संगठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले यस प्रकरणमा कुनै पनि दबाबका कारण पछि हट्न नहुने जनाएका छन् । निकै अघि बढिसकेको अनुसन्धानलाई पछि नढकेल्न समेत प्रदर्शनकारीले ध्यानाकर्षण गराए ।

नेकपा एसका जिल्ला अध्यक्ष श्रीराम कार्कीले भ्रष्टाचारविरुद्धको आन्दोलनको उद्घोष गरेको र यसलाई देशव्यापी बनाउने बताएका छन् । राजनीतिलाई आधार बनाएर हुने भ्रष्टाचारले समग्र मुलुक र राजनीतिको बदनाम भएकाले यसलाई सदाका लागि अन्त्य हुनुपर्ने उनको भनाई छ ।

समाजवादीका मोर्चा संगठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका साथै सबै प्रकारका भ्रष्टाचारहरूलाई छानबिन गर्नुपर्ने आवाज उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?