दमौली : तनहुँको व्यास नगरपालिका-८ रिस्तीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा व्यास -८ रिस्ती बेलथुम्की स्थितमा बस्ने बर्ष ३५ को गोरे कामी रहेको छ ।
बिहिवार बिहान साढे ५ बजे आफ्नै पाखो बारीमा बादरले मकै खाएको भनी लखेट्न जादाँ भालुले आक्रमण गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिए।
“उहाँ आफ्नै पाखो बारीमा बादरले मकै खाएको भनी लखेट्न जानुभएको रहेछ ” प्रहरी नायव उपरीक्षक खाँणले भने ” बादर नभई भालु रहेको र सो भालुले आक्रमण घाइते भएको हो ।”
घाईतेको निधारको भाग काटेको र बायाँ खुट्टाको साप्रामा दाँत गाडीए जस्तो गहिरो चोट रहेको उनको भनाई छ ।
दमौली अस्पताल ल्याएर घाइतेको थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरेको प्रहरी कार्यलय तनहुँलेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?