सामाजिक सञ्जाल फेसबुक सहित ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा डाउन भएको छ ।
सोमबार राति सवा ९ बजेपछि फेसबुकका सबै एप एकसाथ डाउन भएको हो ।
“हामी जान्दछौं कि केहि मानिसहरु लाई फेसबुक एप को उपयोग मा समस्या छ। हामी समस्यालाई जति सक्दो चाँडो सामान्य मा फिर्ता ल्याउन को लागी काम गरिरहेका छौं, र हामी असुविधा को लागी क्षमाप्रार्थी छौं” फेसबुकको ट्विटरमा एक सन्देश मा भनिएको छ।
फेसबुकको सेवा अवरुद्ध भएको केही मिनेटमै १ लाख भन्दा बढीले डाउन डिटेक्टरमा डाउन भएको रिपोर्ट गरेका छन् ।
नेपाल सहित विभिन्न देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको छ । डाउन डिटेक्टरमा गरिएको रिपोर्ट अनुसार नेपाल सहित एसिया, अमेरिका, युरोप लगायतका विभिन्न देशमा सेवा अवरुद्ध भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?