क्यान्सर पीडित सुनिता पौडेलको उपचारमा सहयोगको याचना

दमौली : तनहुँको बन्दिपुर गाउपालिका–३ निवासी सुनिता पौडेल क्यान्सरबाट पीडित छिन् ।आन्द्रा र पाठेघरको क्यान्सर पीडित उनको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

भानु नगरपालिका–६ सिम्पानी माइति भई बन्दिपुर गाउँपालिका–३ निवासी पौडेलको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो ।

बिगत १४ महिना देखि घातक रोग क्यान्सरबाट ग्रसित पौडेलले ६ पटक किमो दिइसकेकी छन् । अप्रेशन गर्नुपर्ने भएकोले आर्थिक स्रोत जुटाउन उपचारमा गर्न नसकिएको पौडेल परिवारले बताएका छन् ।

उनका बुबा गोपालले छोराको उपचारमा धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारका लागि आर्थिक समस्या भएको बताएका छन् ।

आर्थिक अभावका कारण अप्रेशन हुन सकेको छैन। अप्रेशन गरेर निको हुन पाए अरु केहि गर्न नसके पनि आफ्नो सन्तानको राम्रो पालन पोषण गरेर हुर्काउने सपना देखेकी छन् ।

आफ्नो जीवन रक्षाका लागि देश बिदेशमा रहनु हुने दाजुभाइ दिदीबहिनीले सहयोग गरिदिनको लागि अनुरोध गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?