दमौली : १६औँ गणतन्त्र दिवसको उपलक्ष्यमा अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटीकाे प्राविधिक सहयोगमा तथा स्वतन्त्र विद्यार्थी युनियनको आयोजना आज आयोजित रक्तदानमा ५१ जनाले रगतदान गरेको स्ववियु सचिव अनुप आले मगरले जानकारी दिए ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नहुने भन्दै कार्यक्रम पुण्यको रहेको बताए।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तनहुँ जिल्लामा गणतन्त्र दिवस तीनदिन विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको बताए । उनले सोही निर्णय अनुसार जिल्लामा विभिन्न कार्यक्रम भैरहेको जनाएको छ ।
रक्त अभावका कारण कोही बिरामीको उपचारमा समस्या नहोस् भनेर संस्थाले विभिन्न समयमा यस्ता रक्तदान कार्यक्रमहरू सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले बताए ।
कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी रामज्योति बोहोरा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका मन्त्री सूर्यचन्द्र हड्खले, सहायक क्याम्पस प्रमुखहरु विभागीय प्रमुख लगायतले उपस्थितिमा कार्यक्रम गरिएको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?