बन्दीपुर गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

दमौली : तनहुँको बन्दीपुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिकाले घोषणा गरिएको छ । गाउँपालिकाका भित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

गाउँपालिका भित्रका जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि ६ वटैलाई पूर्ण खोपयुक्त वडा बनाउदै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्वस्थ्य नागरिक समृद्धिको आधर भएकाले कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने बताए ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा घोषणा मात्रै ठूलो कुरा नभएकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि गाउँपालिका प्रतिबद्ध छ,’ उनले भने । 

शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिका भित्रका कोही बालबालिका पनि खोपबाट वञ्चित नहुने उनले बताए

जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यक्रमा गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङ, प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमाल, वडाध्यक्ष, जनप्रतिनिधि कर्मचारी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंसेवीका प्रहरी तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?