आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिकाले घोषणा गरिएको छ । गाउँपालिकाका भित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मंगलबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

गाउँपालिका भित्रका जन्मेदेखि ५९ महिनासम्मका  ६ सय ९९ बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि ६ वटैलाई पूर्ण खोपयुक्त वडा बनाउदै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । 

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई प्रमाणपत्र हस्तान्तरण गरे । जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको  अधिकारीले बताए ।

गाउँपालिकाका अध्यक्ष चुमानले स्वस्थ्य नागरिक समृद्धिको आधर भएकाले कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने बताए ।

कार्यक्रमा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद शर्मा वडाध्यक्ष, जनप्रतिनिधि कर्मचारी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंसेवीका प्रहरी तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?