दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले संसद भवन बाहेकका समयलाई तनहुँमा आएर सदुपयोग गर्ने बताएका छन् ।
बुधवार व्यास नगरपालिका-२ पदम चोकमा सम्पर्क कार्यालय स्थापना गर्दै उनले संसद भवन बाहेकका समयलाई आफुलाई निर्वाचित गरेर पठाएका जनता संग समय बिताउने बताएका हुन् ।
“अधिवेशन भएर तनहुँ आउन सकेको थिएन , अब बजेट अधिवेशन सकेपछि केहि समय तनहुँमै बस्ने आउनेछु” उनले भने ” यो क्षेत्रमा धेरै काम गर्नुछ , भानु जन्मस्थालको विकास, वेदव्यास क्षेत्रको विकास लगायतको काम छ ।”
“मैले चुनाव मत माग्दै गर्दा तनहुँ -१ का सबै स्थानीय तहमा सम्पर्क कार्यालय खोल्ने बाचा गरेका थिए” वाग्लेले भने: ” अब यो काम पनि चाडै हुनेछ। ” सचिवालय मार्फत सबैको गुनासो सुनाउने र सुझाव दिने वातावारण निर्माण गर्ने प्रतिवद्दता व्यक्त गरे ।
तनहुँका जनताले आफ्नो र नेपाली राजनीतिमा इतिहास लेखेको बताउदै यस्तो घटनालाई विर्सन नसकिने उनले बताए।
आफ्नो पार्टी रास्वपा रचनात्मक प्रतिपक्षी भएकाले त्यसको विरोध मात्र नगर्ने उनको भनाइ छ । २०८४ को चुनावपछि रास्वपा अझै बलियो भएर उदाउने वाग्लेले दावी गरे ।
तनहुँको गुनासो सदैव सुन्न तयार रहेको बताए।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?