
दमौली : तनहुँको म्यादे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिकाले घोषणा गरिएको छ । गाउँपालिकाका भित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि बुधवार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
गाउँपालिका भित्रका जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि ७ वटैलाई पूर्ण खोपयुक्त वडा बनाउदै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । जसमा जम्मा वालवालिका संख्या ३३६ मध्ये दलित ९१ जना, जनजाति १६६ जना, मधेशी २ जना खस आर्य ६० जना र अन्य १७ जना रहेका छन् ।
त्यस्तैगरी, ५९ महिनाका वालवालिका मध्ये म्याग्दे- १ मा १६६ जनालाई, म्याग्दे- २ मा१५० जना, म्याग्दे- ३ मा १३७ जना, म्याग्दे- ४ मा १६० जना, म्याग्दे- ५ मा १२९ जना,म्याग्दे- ६ मा ११५ र म्याग्दे- ७ मा १८३ जनागरी कुल १ हजार ४० जनालाई खोप लगाईएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्वस्थ्य नागरिक समृद्धिको आधर भएकाले कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने बताए ।
प्रमुख वाग्लेले राज्यले नै वालवालिकाको हक अधिकार र न्युनतम आवश्यकतामा खोपको प्राथमिकीकरण गरेको हुदाँ पालिकाले मापदण्ड पुरा गरेर नै पालिकालाई पुर्ण खोप पालिका तथा दिगोपना सुनिश्चित कार्यक्रम घोषणा गरेको वताए ।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि गाउँपालिका प्रतिबद्ध छ,’ उनले भने ।
शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिका भित्रका कोही बालबालिका पनि खोपबाट वञ्चित नहुने उनले बताए
जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए।
कार्यक्रमा गाउँपालिका उपाध्यक्ष वालकृष्ण घिमिर, प्रमुख प्रशासकिय अधिकृत जित वहादुर राना, वडाध्यक्ष, जनप्रतिनिधि कर्मचारी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंसेवीका प्रहरी तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?