दमौलीमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध मसाल जुलुस

दमौली : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पाैडेलविरुद्ध तनहुँको सदरमुकाम दमौली बजारमा  प्रदर्शन गरिएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ तनहुँले  नागरिकता विधेयककाे विराेधमा प्रदर्शन गरेको हो ।

राष्ट्रिय युवा सङ्घ तनहुँका अध्यक्ष मदन तिमिल्सनाले प्रधानमन्त्री र राष्ट्रपतिको विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले राष्ट्रघाती काम गरेकाेविरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको बताए ।

नागरिकता विधेयकको निर्णय फिर्ता नलिएसम्म आन्दोलनको कार्यक्रम जारी रहने संघका अध्यक्ष मदन तिमिल्सनाको भनाइ छ।

रोकिएको नागरिकता विद्येयक अहिले देशको हित विपरीत सदनलाई समेत छलेर मन्त्री परिषदको निर्णयबाट राष्ट्रपतिले प्रमाणीकरण गर्नु र भारतले नेपाली भूमि समावेश गरेर बनाएको नक्साको विषयमा सरकार केही नबोलेको विषय विरोध गरिएको कोणसभामा सहभागीहरुले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?