जुनियर युवा रेडक्रसको ३८ औं जिल्ला गोष्ठी सुरु

दमौली : नेतृत्वदायी भुमिकामा जुनियर र युवा हाम्रो प्रतिबद्धता भन्ने नारा सहित जिल्ला नेरेसो तनहुँको आयोजनमा दुई दिने ३८ औं जिल्लास्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु भएको छ ।  व्यास नगरपालिका -१० बैरेनी स्थित चण्डीदेवी माविमा शुक्रवार देखि सुरु भएको हो ।

गोष्ठीको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले अन्तर्राष्ट्रियस्तरमा रेडक्रस गरेको कार्य अतुलनीय रहेको बताए । यस्ता गोष्ठीहरुले विद्यार्थीहरुको शैक्षिक, सामजिक र व्यक्तित्व विकास हुने बताए ।

देशभरिका जुनियर तथा युवा सर्कललाई बिभिन्न प्राकृतिक र मानवीय मुद्दाहरुमा बहस पैरवी र क्षमता अभिवृद्धि गरी सबलीकरण अभियान सञ्चालन गर्न यूवाहरुले प्रतिवद्धता रहेको नेरेसो तनहुँका मन्त्री सुर्यचन्द्र हड्खलेले बताए ।

सडक सुरक्षा र प्राथमिक उपचार, विपद ब्यवस्थापन र कृतिम घटना अभ्यास,नोवेल कोरोना भाइरस र सोको प्रभावबाट बच्ने उपायहरू, साइबर बुलिङ,  रक्तदानमा युवाहरूको भूमिका जस्ता बिषयमा भएको छलफल हुने जनाएको छ  ।

दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा जिल्ला जिल्ला स्थित विध्यालय जुनियर/युवा रेडक्रस सर्कलका प्रतिनिधि र शिक्षक नायक, जुनियर/युवा रेडक्रस समिति जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता हुने जनाएको छ।

गोष्ठीमा विभिन्न बिसयमा रास्टिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुद्वारा सहभागीहरुलाइ प्रशिक्षण दिनेछ ।

उदघाटन समारोहमा व्यास -१० का वडाध्यक्ष खेमराज पोख्रेल, निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटा, चण्डीदेवी मावि रामचन्द्र पोख्रेल नेरेसो तनहुँका उपसभापति नारायणी अधिकारी लगायत सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?