दमौली : तनहुँको व्यास नगरपालिकाले गर्मी बढेपछि एकसाताका लागि विद्यालयमा बिदा दिएको छ ।
अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णय गराई बिदा दिने निर्णय गरिएको नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए ।
गर्मीका कारण विद्यार्थीहरुको विद्यालय आगमन र पठनपाठनमा प्रतिकूल असर परिरहेको तथा आगामी हप्तामा समेत तापक्रम बढ्ने प्रक्षेपण देखिएकाले बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?