आँबुखैरेनीमा अटो तथा टेम्पोको भाडा दर निर्धारण

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालन हुँदै आएका अटो तथा टेम्पोहरूको भाडादर आइतवार देखि निर्धारण गरिएको छ।

जेठ २१ गते बसेको गाउँपालिका अटो तथा टेम्पो भाडा दररेट निर्धारण समितिले गाउँपालिकाभित्रका विभिन्न रुटमा चल्ने टेम्पोको भाडादर निर्धारण गरेको हो ।

आँबुखैरेनीचोकदेखि गाउँपालिकाकासम्म रु २०, आँबुखैरेनीचोकदेखि गोरखा पुलसम्म रु २०, आँबुखैरेनीचोकदेखि ढापटारसम्म रु ३०, आँबुखैरेनीचोकदेखि सहकारी टोलसम्म रु ३० कायम गरिएको छ ।

त्यस्तैगरी, आँबुखैरेनीचोकदेखि ढकालटार गेटसम्म रु ४०, आँबुखैरेनीचोकदेखि पानीघट्टासम्म रु ३०, आँबुखैरेनीचोकदेखि ऐनापहरासम्म रु ३०, आँबुखैरेनीचोकदेखि नारीघाटसम्म रु ४०, आँबुखैरेनीचोकदेखि खानीखोलासम्म रु ५० र आँबुखैरेनी चोक चक्रपथ मार्गसम्म रु ३० भाडादर कायम गरिएको छ ।

विद्यार्थी र अपांगहरुको हकमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?