खाना तथा खाजामा एक करोड खर्च भएको छैन : व्यास नगरपालिका

दमौली : तननहुँको व्यास नगरपालिकाले खाना तथा खाजामा एक करोड खर्च नभएको दाबी गरेका छन्  ।  सोमबार विज्ञप्ती जारी गर्दै नगरपालिकाले विभिन्न संचारमाध्यमबाट प्रकाशित समचार प्रति ध्यानाकर्षण भएको  जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा खाना खाजा तथा विविध शीर्षकमा रु एक करोड ११ लाख चार हजार खर्च भएको सार्वजनिक भएको थियो ।

गोष्ठी सम्मान अनुभव आदान प्रदान वैठक,महिला स्वंयसेविका सहयोग,वडामा सडकमा क्याट आई राख्ने, वडामा भएका योजना र नालासफाई,आधारभुत विद्यालयमा न्यानो कपडा वितरण,शिक्षा स्वास्थ्य कृषि टोल समन्वय वैठक,खाना, खाजा तथा विविध,वडा व्यवस्थापन,स्टेशनरी खेलकुद सामाग्री,कार्यालय विविध सामाग्री,छपाई फ्लेक्स,कोभिड १९ रोकथाम  नियन्त्रण प्रयोगशाला सञ्चालनमा सो रकम खर्च गरिएको विज्ञप्तीमा जनाएको छ ।

मितव्ययिता कायम सम्बन्धि  २०७७ को दफा ३ मा सार्वजनिक निकाय तथा सार्वजनिक पद धारणा गरेको व्यक्तिले सरकारी कामको सिलसिलामा खर्च गर्दा कार्यालय सामान, मसलन्द, पानी, विजुली, इन्धन, विविध खर्च लगायतका शिर्षकमा खर्च गरी मितव्ययिता कायम हुने गरी खर्च गर्नुपर्ने व्यवस्था छ ।

यस्तो खर्चमा मितव्ययिता कायम गर्नुपर्दछ भनी लेखिएको र सोही अनुसार खर्च गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?