शुक्लागण्डकी नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

दमौली : तनहुँको  शुक्लागण्डकी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिकाले घोषणा गरिएको छ ।  नगरपालिका भित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि सोमबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

गाउँपालिका भित्रका जन्मेदेखि ५९ महिनासम्मका २ हजार ३ सय ९० बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि १२ वटैलाई पूर्ण खोपयुक्त वडा बनाउदै पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको नगरपालिकाले जनाएको छ । 

जिल्ला समन्व्य समिति तनहुँका प्रमुख  शान्तिरमण वाग्लेले नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख वाग्लेलेनगरपालिकाले उत्कृष्ट कार्य गर्न सफल भएको बताए ।

 जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको वाग्लेले बताए ।

कार्यक्रममा बोलदै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पूर्ण खोप पालिका घोषण गर्न अहोरात्र खटिने स्वाथ्य क्षेत्रका कर्मचारीलाई आभार प्रकट गरे ।

प्रमुख पण्डितले स्वस्थ्य नागरिक समृद्धिको आधर भएकाले कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने बताए ।

कार्यक्रमा शुकलागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक(राजु), प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपाने,वडाध्यक्ष, जनप्रतिनिधि कर्मचारी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंसेवीका प्रहरी तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?