तनहुँमा हावाहुरी सहितको असिना पानीले २८ लाख भन्दा बढीको क्षति

दमौली : यस बर्ष हावा हुरी सहितको असिना पानीले विभिन्न ठाउँमा किसानले लगाएको तरकारी र बाली खेतीमा क्षति पु¥याएको छ ।तनहुँमा पनि पानीको कारण किसानले ठूलो आर्थिक क्षति बेहोरेका छन् ।

असिना-पानीका कारण तनहुँमा करिब २८ लाख  रुपैयाँ भन्दा बढीको क्षति पुगेको कृषि ज्ञान केन्द्र तनहुँका योजना अधिकृत विष्णु प्रसाद ओझाले जानकारी दिए। उनका अनुसार हालसम्म  व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाट मात्र तथ्यांक प्राप्त भएको बताए ।

योजना अधिकृत ओझाका अनुसार व्यास -११ निवासी गोपाल मौरतीले १५ रोपनीमा लगाएको तरकरी र धान, व्यास -११ निवासीकै शुकदेव अधिकारीले १५ रोपनीमा लगाएको फलफुल र धान, व्यास-११ कै राजेन्द्र पौडेलले ४९ रोपनीमा लगाएको मकै र व्यास -११ कै डिलमाया क्षेत्रीले लगाएको तरकारीमा ९० प्रतिशत क्षति भएको जनाएको छ  ।

व्यास नगरपालिका -८मा सामुहिक रुपमा १ हजार २९ रोपनीमा लगाएको मकै र तरकारीमा पूर्ण रुपमा नष्ट भएको छ  । त्यस्तैगरी, शुक्लागण्डकीमा संचालित एग्रो टाईम्स कृषि फर्मले एक सय रोपनीमा लगाएको मकै ८० प्रतिशत क्षति भएको जनाएको छ  ।

हावाहुरी र असिनाले पु¥याएको क्षतिको विवरण सङ्कलन गरि क्षतिपूर्ति दिन किसानले माग गरेका छन् । अन्य पालिकाहरु बाट पनि आउने क्रममा जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?