
दमौली : तनहुँको भिमादमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं ९ मोहरीया टोल बस्ने ८० वर्षीय तुलबिर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
थापा आइतबार बिहान राङसिङको रुखमा चढि घास काट्ने क्रममा अचानक सोही रुखबाट लडी घाईते भएका थिए ।
घाइते भएका थापालाई उपचारको लागी फिस्टेल अस्पताल पोखरा लगिएकोमा प्रारम्भिक उपचार पश्चाय थप उपचारको लागी मणिपाल अस्पताल पोखरा लगेकोमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?