
दमौली : गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेश सरकारले आगामी ल्याएको बजेटले उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिएको बताएका छन् ।
नेपाली कांग्रेस तनहुँले भातृ एवं शुभेच्छुक संस्थामा निर्वाचित तथा मनाेनित भएकालाई बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक मामिलामन्त्री आलेमगरले प्रदेशको औचित्य पुष्टि गर्ने गरी देखाउन मात्र नभएर काम गर्न नै बजेट ल्याएको बताएका हुन् ।
‘यसवर्षको बजेटमा उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं, अनुत्पादक क्षेत्रमा कम बजेट राखेका छौं, उनले भने, समाजघर निर्माण र टोल भवन निर्माणका लागि प्रदेश सरकारले कम बजेट विनियोजित गरेको छ ।’
मन्त्री आलेमगरले यस वर्षको बजेटमा करको दायरा बढाएको जानकारी दिए । उनले सोही अवसर विभिन्न भातृ एवं शुभेच्छुक संस्थाका पदादिकारीलाई पार्टीका हितमा कम गर्न आग्रह गरे ।
उक्त कार्यक्रममा पुर्व जिल्ला सभापति रघुनाथ पौडेल, व्यास नगरपालिकाका प्रमुख एवं पुर्व जिल्ला सभापति वैकुण्ठ न्यौपाने, उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठ लगायत नेताहरुको सहभागी रहेको थिए ।
पार्टी कार्यालयमा आयाेजित कार्यक्रममा तरुण दल, नेविसंघ, प्रेस युनियन, ट्रेड युनियनमा निर्वाचित तथा मनाेनित भएकालाई बधाइ ज्ञापन गरिएकाे थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?