नौ राजनैतिक दलले बुझाए जिसस प्रमुख वाग्लेलाई ध्यानाकर्षण

दमौली : तनहुँको व्यास नगरपालिका-२ गणेशमान चोकस्थित दमौली ट्रेड सेन्टरको पुन: टेण्डर नगर्न नगरस्तरीय राजनीतिक दलले जिल्ला समन्वय समिति तनहुँलाई  ध्यानाकर्षण बुझाएका छन्  ।

नेकपा एमाले व्यासका कार्यबाहक अध्यक्ष तुलसीराम पाण्डेको संयोजकत्वको टोलीले  बिहीबार समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बिहीबार नै पाण्डेको संयोजकत्वमा सर्वदलीय बैठक बसेको थियो ।

बैठकमा नेपाली कांग्रेस नगर सभापति सूर्यचन्द्र हड्खले, नेकपा माओवादी केन्द्रका गोपाल सुर्खाली, रास्वपाका चुडामणि दाहाल, नेकपा एकीकृत समाजवादीका मंगलप्रसाद श्रे्ष्ठ लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?