दसैँ अन्तर्गत आज सप्तमीका दिन मङ्गलबार तनहुँको व्यास नगरपालिका–४ स्थित कालिका मन्दिरमा फूलपाती भित्र्याइएको छ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा भित्र्याउने फूलपाती शास्त्रीय विधिअनुसार यस वर्ष पनि विधिपूर्वक कालिका मन्दिरमा फूलपाती भित्र्याइएको हो । चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेना र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले लिएको डोलीलाई कालिका मन्दिरमा भित्र्याइएको हो । त्यसअघि विपी वनवाटिकास्थित बेलको रुखमा पूजाआजा गरि बाजागाजा सहित दमौली बजार परिक्रमा गरी कालिका मन्दिरमा पुगेर फूलपाती भित्र्याइएको हो । ।
त्यसैगरी फूलपाती भित्र्याउने कार्यक्रममा नवनियुक्त गण्डकी प्रदेशका बिना विभागीयमन्त्री मन्त्री दोवाटे बिक, प्रदेश सभा सदस्य सरिता गुरुङ जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, सुरक्षा निकायका प्रमुख, व्यवसायी, सर्वसाधारण लगायतको सहभागी रहेको थियो ।
तस्बिरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?