गुणादीमा असार १५ गते चौथों हिले महोत्सव हुने

दमौली : तनहुँको म्याग्दे गाउँपालिका -१ गुणादीमा आगामी असार १५ गते राष्ट्रिय लोक  तथा दोहोरी प्रतिष्ठान तनहुँको आयोजनामा चौथों हिले महोत्सव २०८० हुने भएको छ । २० औं राष्ट्रिय धान दिवसकाे अवसरमा गुणादीमा हुने महाेत्सव लाेक , कला र संस्कृतिकाे संरक्षण गर्ने उद्धेश्यले गर्न लागिएको हाे ।

मंगलवार दमौलीमा पत्रकार सम्मेलन गर्दै आगामी असार १५ गते “कृषिमा विकासको मुल आधार प्रोत्साहन गर्ने मूल चाहना, लोक कला सांस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने हाम्रो भावना  ” भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रीराम गन्धर्बले जानकारी दिए ।

महोत्सवमा तान डोरी प्रतियोगिता , धान रोप्ने प्रतियोगिता, माछा छोप्ने, श्रीमती बोकेर दौड्ने प्रातियोगिताका साथै विविध सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष गन्धर्बले बताए  ।  उनका अनुसार तान डोरी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार ५ सय,द्वितीय हुनेलाई ३ हजार ५ सय प्रदान गर्नेछ ।

धान रोप्ने प्रतियोगितामा प्रथम हुनेलाई १ हजार ५ सय, द्वितीय हुनेलाई १ हजार र श्रीमती बोकेर दौड्ने प्रातियोगितामा प्रथम हुनेलाई एक हजार प्रदान गर्ने प्रतिष्ठानका सचिव अनुराग थापा मगरले जानकारी दिए ।

म्याग्दे गाउँपालिका अध्यक्षा श्रेष्ठले उद्घाटन गर्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाएको छ। विगत केहि समय देखि प्रतिष्ठानले विभिन्न स्थानीय तहहरु संग सहकार्य गरेर हिले महोत्सव गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?