धान दिवसको शुभकामना दिदै स्वर्णिम वाग्लेले भने – तनहुँतिरै छु, आज रोपाईं

दमौली : तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. डा. स्वर्णिम वाग्लेले आफू तनहुँमै रहेको आफ्नो सुभचिन्तकलाई जानकारी दिएका छन् ।

शुक्रवार सामाजिक संजालबाट आफ्नो सुभचिन्तक तथा मतदातालाई धान दिवसको शुभकामना दिदै वाग्लेले आफु तनहुँमै रहेको बताएका हुन् ।

शुक्रवार  रास्वपा भानु नगर समिति द्वारा आयोजित भानु नगरपालिका -३ खहरेमा अयोजित रोपाई मेलमा पनि सहभागी हुने सचिवालयले जानेको छ ।

बजेट अधिवेशन चलिरहेकाले हाल काठमाडाै रहेका सांसद वाग्ले अधिवेशन सकिएलगत्तै निर्वाचन क्षेत्र आएको जनाएको छ । बिहिवार  निर्वाचन क्षेत्र आएको केहि समय तनहुँमै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?