
दमौली : नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला कमिटीका अध्यक्ष श्रीराम कार्की सहित कार्यकर्ता एमालेमा फर्किएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कार्की लगायतका नेता तथा कार्यकर्ता एमालेमै फर्केका हुन् ।
उनीहरुलाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्टले स्वागत गरे ।
जिल्ला अध्यक्ष कार्कीसहितका नेता गत वैशाखमा भएको उपनिर्वाचनमा एमालेमा फर्किन संवादमा थिए । तर, अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो ।
एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष श्रेष्ठ पनि एमालेसंग संवादमा थिए ।
उपमहासचिव गुरुङले पोखरा, तनहुँमा पटकपटक संवाद गरिसकेका छन् । उनीहरु पनि एमालेमै फर्किने एमाले नेताहरु दाबी गर्छन् ।
उनीले माधवकुमार नेपालले फैलाएको भ्रमजालमा परेर आफूहरु सो पार्टीतिर गएको र अहिले नेकपा एस र माधव नेपालको बदमासीको साँक्षी बस्नुपरेकोले आफूहरु एमालेमा फर्किएको बताए ।
नेकपा एमालेका उपमहासचिव गुरुङ एस तनहुँ अध्यक्ष कार्कीको घरमै पुगेर भेटघाट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?