वडा अध्यक्ष समेत रहेका श्रेष्ठले क्षेत्र नं १ प्रदेश २ (ख)को सभापतिमा उम्मेवादारी दिने( भिडियो सहित )

नेपाली काँग्रेस क्षेत्र न.१ प्रदेश २(ख)को सभापतिमा व्यास १४ का वडा अध्यक्ष काजीमान श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा हुने क्षेत्र नं १ प्रदेश २(ख) बाट अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सोहि क्रममा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेको दमौली अनलाईनलाई जानकारी दिए ।

नेपाली काँग्रेसले अब आफ्नो नेतृत्वको पनि आवश्यक रहेको बताउदै पार्टीलाई सुदृढ बनाउदै लैजानको लागि उम्मेदवारी दिन लागेको दाबी गरेका हुन । वडा नं १४ को पार्टी सभापति समेत रहेको वडा अध्यक्ष श्रेष्ठले आफु क्षेत्र नं १ प्रदेश २(ख)को सभापति लागि योग्य रहेको र साथीहरुको चाहान अनुसार नै मैले उम्मेदवारी दिन लागेको हुँ उनले दमौली अनलाईनलाई बताएका छन् ।

बिगतमा केशवटार माध्यमिक बिद्यालयका प्रधानाध्यापक भएर काम गरेको श्रेष्ठ शिक्षक रहेदेखि नै नेपाल शिक्षक संघ आबद्ध भएर पार्टीको गतिविधिलाई नजिकबाट अध्ययन गर्ने मौका पाएको थियो । साथै श्रेष्ठ क्याम्पस अध्ययनको बेलमा पनि नेपाल बिद्यार्थी संघको क्याम्पस एकाईको सचिव भएर काम गरेको अनुभाव पनि रहेको बताउँछन्। श्रेष्ठले आफुलाई धेरै साथीहरुले उम्मेदवारी दिनका लागि हौसला प्रदान भएको  र आफुले चुनाव जित्ने बलियो आधारहरु खडा गरेकाले विजय प्राप्त हुने विश्वस्त रहेको उनले बताए ।

सर्वसम्मत हुन नसकेको खण्डमा चुनावी प्रतिस्पर्धाबाटै भएपनि क्षेत्र नं १ प्रदेश २(ख)को सभापति बन्ने दौडमा रहेका श्रेष्ठ अहिले प्रदेश ,जिल्ला र नगरस्तरका नेता तथा कार्यकर्ताहरुसँग भेटघाटमै ब्यस्त रहेको देखिन्छ। नेता तथा कार्यकर्ताहरु सँग भएको भेटघटको क्रममा आफ्नो उम्मेदवारी बारे सकारात्मक प्रतिक्रिया पाएकाले आझ उत्साह मिलेको बताए । पार्टीमा भएको गुटबन्दीमुक्त, भ्रष्टाचारमुक्त पार्टीको निर्माण गर्ने , पार्टीको बिधि ,सिद्धन्ता र आदर्शलाई घर-घरमा  पुर्याउने साथै युवाहरुलाई प्रशिक्षण दिने ताकि कोहि पनि युवाहरु लहैलाईमा नलागिकन पार्टीलाई सक्षम इमान्दार नेतृत्व अहिलेको आवश्यकता रहेको कारणले यो महाधिवेशनबाट सोही अनुसारको नेतृत्व आइदियोस भन्ने आफ्नो चाहना रहेको श्रेष्ठले प्रस्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?