उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ भन्छन् – निजी क्षेत्रलाई बेवास्ता गरियो

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकार र नेपाल राष्ट्र बैंकले निजी क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पदाधिकारीको १०० दिनको उपलब्धि कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बजेट र मौद्रिक नीतिमा निजी श्रेत्रका सुझाव नसमेटिएको बताए ।

“बजेट र मौद्रिक नीतिमा हाम्रा माग केही मात्र सुनुवाइ भए । व्यवसायीका जायज माग सम्बोधन भएनन्,” वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने  ।

उनले भने, “निजी क्षेत्रलाई सरकारले केही गरेको छ है भन्ने मात्र भएको छ । हामीले आर्थिक रूपान्तरणका कुरालाई सुझावमा समेटेका थियौँ । सम्बोधन भएन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?