दमौली : तनहुँको व्यास नगरपालिका-३ बिसघरेबाट लागुऔषध गाँजासहित एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका-३ सोलुङ स्थायी घर भई हाल व्यास -३ बिसघरे देउरालीनगर बस्ने बर्ष ३६ को नविन कुमार थापा रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
निजकै घरकोठाबाट नियन्त्रणमा लिई तलासी लिदा निजको घरकोठाबाट क्रममा थापालाई ५ किलो ८९० ग्राम गाँजा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध आइतबार तनहुँ अदालतबाट छ दिनको म्याद थप गरिएको अनुसन्धान कार्य भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?