तनहुँ: नेकपा एमालेले तनहूँका ८५ वटै वडामा आगामी कार्तिक ६ गते एकै दिन अधिवेशन गर्ने निर्णय गरेका छन् । एमाले जिल्ला सचिवालयको विहिबार बसेको बैठकले सबै वडामा अधिवेशनको तयारी पुरा भएकाले जिल्लाका सबै ८५ वटै वडामा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । त्यस्तै आगामी कार्तिक ९ गते १० वटै स्थानीय तहमा पनि अधिवेशन आयोजना गर्ने एमाले जिल्ला कार्यबाहक अध्यक्ष श्री प्रसाद श्रेष्ठले दमौली अनलाईनलाई जानकारी दिए ।
श्रेष्ठले बैठकले हालसम्म जिल्लाभर ९० प्रतिशत भन्दा बढि सदस्यता नविकरण भईसकेको निर्णय गर्दै शुक्रबार भित्रमा सबै सदस्यता नविकरण गरिसक्न र नविकरण भएका सदस्यहरुले मात्र अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको समेत बताए ।
अधिवेशनको निर्णय भएसँगै अहिले गाउँ गाउँमा एमालेका कार्यकर्ताहरु अधिवशेनको तयारीमा जुटेका छन् ।यसअघि नियमित रुपमा अधिवेशन भएता पनि नेकपा एकतापछि अधिवेशन नभएका कारण आगामी कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा एकै साथ अधिवेशन गर्ने निर्णय गरेका हो। मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दै उक्त वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७ सय ५३ स्थानीय तहको अधिवेशन गर्ने एमालेले निर्णय समेत गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?