भोर्लेटार चोकबाट गाँजासहित व्यास -१० का चन्द्र बहादुर पक्राउ

दमौली : तनहुँको व्यास नगरपालिका-४  भोर्लेटार चोकबाट लागुऔषध गाँजासहित एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा व्यास नगरपालिका- १० बोक्सीगैरा बस्ने बर्ष १९ को चन्द्र बहादुर कामी रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

निजले पछाडी बोकेको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा  जम्मा १ किलो ९०० ग्राम गाँजा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध विहिवार तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको अनुसन्धान कार्य भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?