दमौली : तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट तीन किलो दुई ग्राम गाजा सहित दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा व्यास नगरपालिका-१० डिहीगाउँ बस्ने २० वर्षीय बुद्धि तामाङ र १९ वर्षीय समिर अच्छामीरहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
तामाङले चलाएर ल्याउँदै गरेकाे ग ३ प ७१४३ नम्बरकाे माेटरसाइकलाई चेक गर्ने क्रममा निजकाे साथबाट एक किलाे नाै सय २० ग्राम गाजा र पछाडि सवार अच्छामीकाे साथबाट एक किलाे दुई सय ८० ग्राम गाँजा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध शुक्रवार तनहुँ अदालतबाट दश दिनकाे म्याद थप गरि अनुसन्धान कार्य भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?