दमौली : व्यास नगरपालिकाले नियमित बैठकमा विभिन्न योजनाहरु सार्बजनिक गरेको छ।आईतबार बसेको नियमत बैठकले उक्त निर्णयहरु गरेको हो । नगरप्रमुख श्री वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले तत्कालिन तथा दीर्घकालीन योजनाहरुलाई प्राथमिकता राखेका छन् ।
के छन् योजनाहरु ?
- नगरपालिकाले ज्येष्ठ नागरीकलाई प्राथमिकतामा राखेर २०७८ कार्तिक ११,१२ र १३ गते दमौली स्थीत बालमन्दिर मा.विमा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा निशुल्क आखा शिविर सञ्चालन गर्ने भएको छ ।
- दमौली अस्पताललाई नपुग जमिन कृषि विकास कार्यालय, तनहुँ र पशु विकास कार्यालय, तनहुँबाट १२ रोपनी जग्गा उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग समान्वयन र बिशेष पहल गर्ने भएको छ ।
- नगरपालिकाले दमौली वरपर पराशर आश्रम क्षेत्र, अनशन चौतारी- सेन्ट्रल पार्क, वि.पि वन वाटीका खेलमैदानमा शहरी हरियालि परियोजना प्रस्तावलाई अघि सार्दै संघीय वन तथा वातावरण मन्त्रालय सिंहदरबारमा पेश गर्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?