भिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । अनुसन्धानका लागि भन्दै उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माता चन्द्रकला कटवाल थापाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।
उहाँका अनुसार केसीसहित चलचित्रका अन्य कलाकारसमेतले निर्माताहरूबाट एक करोड १५ लाख रुपैयाँ लिएको पाइएको छ । उनीहरूका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?