दमौली : प्रहरीले तनहुँका विभिन्न स्थानबाट नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउमा नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को बुलिङ्टार गाउँपालिका-१ थामबेशी ठिमुरेटोलका बर्ष २० को बिनोद रामदाम भनि चिनिने बिशाल बि.क. र सोही ठाउँका बर्ष ३० को गम बहादुर गरन्जा मगर रहेका छन् । उनीहरुलाई बुधवार पत्रकार सम्मेलन गरी तनहुँ प्रहरीले सार्वजनिक गरेका हुन् ।
तनहुँ व्यास नगरपालिका-१ गल्फुवेशी स्थितमा एक जना व्यक्तीले नक्कली रुपैयाको कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा बिशाल बि.क पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्टले जानकारी दिए ।
“निजको शरिर तलासी लिदा निजको साथबाट नक्कली जस्तो देखिने नेपाली एक हजार रुपैया थान १ फेला परेको थियो ” प्रहरी उपरीक्षक बिष्टले भने; ‘उक्त रकम बरामद गरी प्रारम्भिक सोधपुछ गर्दा सोही ठाउँका बस्ने बर्ष ३० को गम बहादुर गरन्जा मगरको समेत संलग्नता रहेको भन्ने खुलाएकोले खोजतलासको क्रममा निजलाई बन्दिपुर गाउँपालिका वडा नं. १ डुम्रेबजार स्थितमा फेला पारी निजको साथबाटनक्कली जस्तो देखिने नेपालीएक हजार रुपैया थान १७५ पक्राउ गरेको हो ‘







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?