व्यास १ को वडा भवनको समूद्घाटन कार्यक्राम  सम्पन्न

दमौली: १५ कार्तिक, व्यास नगरपालिकामा वडा नं.  १ को वडा भवनको समूद्घाटन कार्यक्राम  सम्पन्न भएको छ। । प्रमुख अतिथि व्यास नगर पालिका प्रमुख बैकुण्ठ न्यौपानेद्वारा कार्यक्राम उद्घाटन तथा  ताम्रपत्र अनावरण गरि वडा नं १ को नव निर्मित वडा भवनको उद्घाटन कार्य सम्पन्न भएको हो ।

व्यास १वडा अध्यक्ष खरसिं दरैको सभापतित्वमा समपन्न कार्यक्रममा प्रमुख अतिथि बैकुण्ठ न्यौपाने,उप प्रमुख मिरा जोशी,प्रथम नगर प्रमुख रारा प्रसाद श्रेष्ठ,नेकपा समाजबादी पार्टीका केन्द्रीय सदस्य,प्रतापलाल श्रेष्ठ,नेपाली काँग्रेस जिल्ला सचिब,विश्व बास्तोला,ने.का.जिल्ला सदस्य मोहन गिरि,जिल्ला समन्वयन समीतिका सदस्य केश बहादुर सुनार,व्यास नगर समितिका सभापति सुर्य चन्द्र हड्खले,व्यास नगर पालिकाका प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल ,व्यास १३ का वडा अध्यक्ष लेख बहादुर राना, व्यास ०२ का वडा अध्यक्ष काशिराम श्रेष्ठ,  व्यास १४ का वडा अध्यक्ष  काजिमान श्रेष्ठ, व्यास १० का वडा अध्यक्ष तुलसीराम सापकोटा, व्यास ५  का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ, व्यास नगरपालिकाका  कार्यपालिक सदस्य नरिमाया राना,मधु माया बि.क,व्यास १ का वडा सभापति दिल दरै, जनता समाजबादीपार्टी नगर संयोजक अम्मर भण्डारी,नेकपा एमाले नगर कमिटी सचिव ज्ञानेन्द्र बसौला,विभिन्न संघ संस्थाका प्रतिनिधि,आमा समूहहरु,एवं अन्य व्यक्तिहरुकोको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त भवन नगरपालिका वडाद्वारा बिनियोजित बजेट र अन्य सहयोगी ब्यक्तिको सहयोगमा उक्त निर्माण कार्य सम्पन्न भएको कुरा निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश चन्द्र हड्खलेले  बताए।बिशेष गरि भवन निर्माणको लागि जग्गा दान गर्ने छाबि जंग ठकुरी निर्माण उपभोक्ता समितिहरु,वडा अध्यक्ष तथा वडा सदस्यहरु,एवं सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।

भवन निर्माणको लागि जग्गा दाता छाबि जंग ठकुरीले आफुले आफ्नो उदेश्य अनुरुप निशुल्क दान गरेको बताए ।आफ्नो नाम सधैं भरि मानिसहरुको मनमा रहिरहोस भन्ने र स्थानीय जनताकोको लागि उपयुक्त ठाउँ हुने भएकाले आफुले बिना कुनै स्वार्थ जग्गा दान गरेको समेत प्रस्ट परे । यसको लागि निकै कठिन समस्या झेल्नु परेको अनुभव सुनाए ।  

प्रमुख अतिथि न्यौपानेले  सम्बोधन गर्दै व्यास नगरपालिकाका सबै वडामा आफ्नै भवन बनेकोमा खुशी ब्यक्त गरे। जनसंख्या र भूगोलको हिसाबमा अरु वडामा भन्दा थोरै बजेट परेको हो की भन्ने विषयमा सबै वडामा बजेट समनुपतिक हिसाबले बजेट बिनियोजन भएको समेत उनले  स्पस्ट परे ।यो वडा सहरी बिकास अन्तर्गत भएकोले भर्खरै गा.बि.स आउने वडाहरु विकासमा पछाडी रहेकाले सबै वडालाई विकासमा  संग-संगै लाने योजनाअनुरुप यस वडामा बजेट बिनियोजन भएको समेत प्रस्ट परेका छन् साथै आउंदै  गरेको शुभ दिपावली तथा छडको शुभकामाना व्यक्त गरे ।

कार्यक्राममा उप प्रमुख मिरा जोशी,प्रथम नगर प्रमुख रारा प्रसाद श्रेष्ठ,नेकपा समाजबादी पार्टीका केन्द्रीय सदस्य,प्रतापलाल श्रेष्ठ,नेपाली काँग्रेस जिल्ला सचिब,विश्व बास्तोला,ने.का. जिल्ला समन्वयन समीतिका सदस्य केश बहादुर सुनार,व्यास नगर समितिका सभापति सुर्य चन्द्र हड्खले,व्यास नगर पालिकाका प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल ,व्यास १३ का वडा अध्यक्ष लेख बहादुर राना, जनता समाजबादीपार्टी नगर संयोजक अम्मर भण्डारी,नेकपा एमाले नगर कमिटी सचिव ज्ञानेन्द्र बसौला,खिरखंदी खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिज दरै लगाएतले आफ्ना भनाई तथा शुभकामना मतब्य दिएका थिए ।

त्यस्तै सभापति खरसिं दरैले भवन निर्माणको लागि जग्गा दाता,व्यास नगरपलिका , भवन निर्माणको समितिका पदाधिकारी लगाएतका सहयोग गर्ने सम्पूर्णलाई व्यक्तिगत तर्फबाट र वडाको तर्फबाट धन्यवाद दिए । ८ अना जग्गामा भवन निर्माण भएको छ यसले मात्र वडालाई जग्गा अपुग हुने हुदा  थप ८ अना जग्गा थाप्ने पहल भएको बताए ।
साथै यस कार्यक्रामलाई सभ्य र भब्य रुपमा समापन गर्न साथ दिनुहुने प्रमुख अतिथि,बिशिस्ट अतिथिहरु, अतिथिहरु समाजसेबी,बुद्धिजीवी लगाएता सम्पूर्णलाई  बिशेष धन्यवाद दिएका थिए । साथै वडामा बजेट सानो भएता पनि विकासको काम भने निरन्तर भईरहेको बताउदै उनले आउने दिनमा अझै राम्रो गर्दै जाने समेत विश्वास ब्यक्त गर्दै कार्यक्राम समापन गरेका थिए ।

तेस्तै वडा कार्यालयको तर्फबाट वडा सदस्य चुडामणि दाहालले धन्यवाद ज्ञापन दिएका थिए भने कार्यक्रम संचालान वडा सचिब सावित्री आचार्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?