दमौली : तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाटअबैध लागुऔषध सहित एक युवा पक्राउ परेको छ ।
क्राउ पर्नेमा व्यास नगरपालिका–२ अमरापुरी बस्ने २२ बर्षिय पवन कुमार महत्तो र ऋषिङ गाउँपालिका–३ बस्ने ३० बर्षिय मिनबहादुर थापा मगर रहेका छन् ।
उनीहरूको साथबाटडाईजोपाम ६९ एम्पुल, फेनारागन ६९ एम्पुल, टाईनाजेसिक ५७ एम्पुल, नुर्फिन १२ एम्पुल गरी जम्मा २०७ एम्पुल लागु औषध फेला बरामद गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार विहान आँबुखैरेनी गाउँपालिका–४ बेनीटार पुलजिप स्थित पृथ्वीराजमार्ग सडक खण्डमा रौतहट गौरबाट पोखरा तर्फ जान आउदै गरेको ग २ ख ६९२ नम्बरको बस रोकी चेकजाँच गर्ने क्रममा सो बसमा सवार महत्तो र थापा मगरलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।
औषध सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?